तरकारी बाली - फर्सी
फर्सिमा लाग्ने किराहरुलाई नियन्त्रण गर्न अन्य उपायमा क्यूलियर फेरोमोन पासोको प्रयोग गर्ने, औंसा लागी कुिहएर झरेका फललाई बटुली गहिरो खाडलमा पुरिदिने र ब्यक्ट्रोसेरा कम्पोजिटी ल्यूरको प्रयोग गर्नुपर्छ ।
फर्सिमा लाग्ने भाईरस रोगबाट बचाउन रोगी बोट देखा पर्ना साथ उखेलेर नाष्ट गर्ने, स्वस्थ्य बिउ रोप्ने र रोग सार्ने खपटे किरा र लाही किराको नियन्त्रण गर्ने ।
फर्सिमा लाग्ने रोगहरुलाई नियन्त्रण गर्न खेतबारीलाई सफा राख्ने, बेभिष्टीन १ ग्राम प्रति लिटर पानी अथवा थायोनेट मिथाईल ७० प्रतिशत डब्लु.पि. १.५ ग्राम प्रति लिटर पानीमा मिसाई छर्ने ।
फर्सिमा लाग्ने मुख्य रोगहरु पाउडरी मिल्डयू, डाउनि मिल्डयू, कुकुम्बर मोज्याक र स्क्वास मोज्याक भाइरस हुन् ।
फर्सिमा लाग्ने किराहरुलाई नियन्त्रण गर्न निममा आधारित किटनाशक बिषादी २ मि.लि. प्रति लिटर पानीमा मिसाई छर्ने । रासायनिक बिषादी प्रयोग गर्नु परेमा मालाथियन ५० प्रतिशत इ.सि. २ मि.लि. प्रति लिटर पानी मिसाई छन । लाही किराको हकमा सुर्तिको झोल बनाई छर्ने, गाईवस्तुको मुत्र र पानी (१÷४) को अनुपातमा मिसाई २–३ दिनको फरकमा छर्ने ।
फर्सि बालीलाई क्षति पु¥याउनु मुख्य कीराहरुमा रातो खप्टे, फल कुहाउने औंसा, थोप्ले खप्टे र लाही हुन् ।
घाउ चोट नलागेका परिपक्व फललाई लामो अवधिसम्म भण्डार गर्न सकिन्छ ।
फर्सिको हरियो फलहरु ७ –१० से .मि. फलको भेट्नु सहित टिप्नुपर्छ ।
हरिया मुन्टा सागको रुपमा र हरियो तथा पाकेको फल तरकारीको रुपमा प्रयोग गर्न सकिन्छ ।
राम्रो उत्पादन लिनको लागि फर्सिलाई बलियो थाँक्रो दिनुपर्छ ।
प्लास्टिक पाइपको सहायताले विरुवाको फेदमा थोपा थोपा गरी पानी चुहाउने प्रविधिलाई थोपा सिंचाई भनिन्छ ।
पानी र श्रम कम लाग्ने २ वटा उन्नत तरिका घैटो सिंचाई र थोपा सिंचाई प्रविधिहरु हुन् ।
फर्सि बाली २÷२ मीटरको दुरीमा बोट रोप्ने हुनाले पानीको उपयोग बढाउन बोट बोटमै पानी हाली सिंचाई गर्नु फाइदाजनक हुन्छ ।
फल पाक्न थालेपछि सिंचाई पानी हाल्न कम गर्दै जानुपर्छ ।
पानी नपरेको अवस्थामा बीउ रोप्दा र बेर्ना सार्दा सिंचाई पानी दिनुपर्छ र ६–१० दिनमा नियमित सिंचाई गरि रहनु पर्दछ ।
एक रोपनी जग्गामा १५०० के. जी गोवर मल, ५ के.जि नाइट्रेजन, ३ के.जी फसफोरस र ३ के.जी. पोटास मलको आवश्यकता पर्दछ ।
२–३ पटक जोत्ने र डल्ला मसिनो पार्ने । २र२ मीटरको चौडा डयाङ्ग बनाउने र बीचमा ३० से.मि को कुलेसो बनाउनु पर्छ ।
वीउ रोप्दा २ दाना रोप्ने र वेर्ना भएपछि २ मध्ये एउटा लाई मात्र राख्ने। बेर्ना रोप्दा १ वटा मात्र रोप्ने।
हारबाट हार २ मिटर र वोटबाट वोट पनि २ मिटरको फरकमा बीउ वा बेर्ना रोप्ने।
१२५ ग्राम बीउको आवश्यकता पर्दछ ।
पहाडमा भदौदेखि असौजसम्म तराई र वेशीमा वैशाखदेखि भदौसम्म ।
माघ (फागुन) सम्म ।
फागुनदेखि चैतसम्म ।
बैसाख जेठ महिनाभित्र ।
बढिमा ५५ मे.टन÷हेक्टर हो।
सोनार ०२२ जातको फर्सि तराई तथा मध्यपहाडी क्षेत्रहरुमा उत्पादन गर्न सिफारिस भएको छ ।
सोनार ०२२ भन्ने वर्णशंकर जातको फर्सि नेपालमा २०६६ सालमा सिफारिस भएको छ ।
रोण्डी जातको फर्सि मध्य पहाडको लागि सिफारिस गरिएको जात हो र फागुन–चैत्रमा लगाइन्छ ।
बुलाम हाउस जातको फर्सि उच्च पहाडमा बैसाख–जेठ र मध्य पहाडमा फागुन–चैत्रमा लगाइन्छ ।
ग्रीन वल जातको फर्सि उच्च पहाडमा बैसाख(जेठ र मध्य पहाडमा फागुन–चैत्रमा लगाइन्छ ।
स्थानिय जातको फर्सि उच्च पहाडमा बैसाख–जेठ, मध्य पहाडमा फागुन–चैत्र र तराई र बेशीमा माघ–जेठमा लगाइन्छ ।
ब्लाक ब्यूटी जातको फर्सि उच्च पहाडमा बैसाख–जेठ, मध्य पहाडमा फागुन–चैत्र र तराई र बेशीमा माघ–जेठमा लगाइन्छ ।
असारे जातको फर्सि उच्च पहाडमा बैसाख–जेठ, मध्य पहाडमा फागुन–चैत्र र तराई÷बेशीमा माघ–जेठमा लगाइन्छ ।
प्रायः जसो जातहरुको बेर्ना सार्ने समय एकै भए पनि कुनै कुनै जातको समय फरक पनि हन्छ ।
स्थान र हावापानी अनुसार नेपालमा बिभिन्न जातका पर्सिबाली लगाउने गरिएको छ, जस्तै असारे फर्सि, ब्लाक ब्यूटी, स्थानिय, ग्रीन वल, वुलाम हाउस, रोण्डो आदि ।
मादले भन्दा जाते फर्सि मिठो र राम्रो हुन्छ ।
फलको आकारको आधारमा फर्सिलाई जाते (गोर्लो थेप्चा आकारका) र मादले (लाम्चा मादल आकारका) उत्पादन हुन्छ ।
बानस्पतिक गुणका आधारमा फर्सि तीन किसिमका हुन्छन् ः
- नेपाली फर्सि
- हिउँदे फर्सि
- सुख्खा तथा गर्मियामका फर्सि जसलाई स्क्वास पनि भनिन्छ ।
फर्सि खेतीको लागि ६.५–७.५ पि.एच. भएको दोमट र पानीको राम्रो निकास भएको माटो चाहिन्छ ।
पाकेको फर्सिमा मुख्य रुपले भिटामीन ए पाइन्छ ।
फर्सि बाली गृष्म र बर्षा मौसममा लगाउने बाली हो।
